७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


पत्रकार महासंघ चितवनको पदस्थापना


0
Shares

चितवन, बैशाख ३ । नेपाल पत्रकार महासंघ चितवनको पदस्थापना शुक्रबार सम्पन्न भएको छ ।

महासंघ सभाहलमा भएको कार्यक्रममा निर्वाचन समितिका सदस्य राजकुमार श्रेष्ठले मत परिणाम सहित औपचारिक रुपमा निर्वाचित समितिको नामावली घोषणा गर्नुभएको थियो ।

कार्यक्रममा महासंघका नवनिर्वाचित अध्यक्ष नारायण अधिकारीले महासंघलाई सबै पत्रकारको आस्थाको केन्द्र बनाउने बताउनुभयो ।

गत चैत २५ गते सम्पन्न १२औँ अधिवेशनबाट अध्यक्षमा नारायण अधिकारी, उपाध्यक्षमा प्रकाश ज्ञवाली, उपाध्यक्ष महिलामा प्रमिता ढकाल, सचिवमा दिपेन्द्र अधिकारी, समावेशी सह–सचिवमा उर्गेन तामाङ, सह–सचिव खुलामा आनन्द पोख्रेल निर्वाचित भएका थिए ।

कोषाध्यक्षमा राजेन्द्र आचार्य, महिला सदस्यमा शोभा पुडासैनी, दलित सदस्यमा एलिना पोखरेल, सदस्यहरुमा तुलमान गुरुङ, वसन्त ढुङ्गाना, विप्लव काफ्ले, सरिता पौडेल, अनिल भट्टराई, विवेक पोखरेल, वविलाल तामाङ, समीक्षा पुरी र ज्ञानेन्द्र तामाङ निर्वाचित भएका थिए ।