२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


रामेछापको दोरम्बामा आगलागी हुँदा दुई घर जलेर नष्ट


0
Shares

रामेछाप, बैशाख ३ । रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिका २ मा आगलागीबाट २ वटा घर जलेर नष्ट भएका छन् ।

डिक बहार नेपाली, तुलसी नेपाली र सन्तमायाँ नेपाली गरी तीन परिवार बस्दै आएका घर जलेर नष्ट भएका हुन् ।

डिकबहादुरको घरमा आगो लागेको थाहा पाउना साथ दोरम्बास्थित नेपाली सेना, प्रहरी र स्थानीय आगो नियन्त्रणमा जुटेका थिए ।

आगलागीबाट मानवीय क्षति नभए पनि करिब १८ लाख रुपयाँ बराबरको धनमाल नष्ट भएको अनुमान प्रहरीले गरेको छ ।