१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पूर्वराजा शाह दम्पतीलाई कोरोना संक्रमण, स्वास्थ्य अवस्था सामान्य


0
Shares

काठमाडौं, बैशाख ७ । पूर्वराजा ज्ञानेन्द्र शाह र उहाँकी पत्नी कोमल शाहलाई कोरोना (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

भारतको हरिद्वारमा गंगा स्नान गरेर आइतबार स्वदेश फर्किएपछि शाह दम्पतीले कोरोना परीक्षण गराउनुभएको थियो ।

उक्त परीक्षणमा रिपोर्ट पोजेटिभ आएको निर्मल निवास स्रोतले जनाएको छ ।

स्वदेश फर्कनु अघि शाह दम्पतीले भारतमा कोरोना परीक्षण गराउँदा भने त्यसको नतिजा नेगेटिभ आएको थियो ।

भारतको हरिद्वारमा गंगा स्नानमा सहभागी धेरैलाई कोरोना संक्रमण भएको छ ।