
बागलुङ, बैशाख ७ । बागलुङको एक विद्यालयका ३९ शिक्षक र विद्यार्थीमा एकैदिन कोरोना संक्रमण पुष्टि भएको छ ।
बागलुङ नगरपालिका– १४ बलेवास्थित जनताधन माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थी र शिक्षक गरी ३९ जनामा संक्रमण देखिएको हो ।
स्वास्थ्य कार्यालय बागलुङले उक्त विद्यालयका ९८ जनाको स्वाब परीक्षण गर्दा ३९ जना संक्रमित भेतिएको कोरोना फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।
संक्रमितलाई घरमै सुरक्षित रहन भनिएको छ ।
तर उनीहरुसँगै पढेका अन्य विद्यार्थी बिदा मनाउन कता पुगे भन्ने विद्यालयलाई जानकारी छैन ।
यता संक्रमणको जोखिम उच्च छ भनेर स्वास्थ्य मन्त्रालयले भने पनि विद्यालय बन्द गर्नेबारे नगरपालिकाले अझै निर्णय गरेको छैन ।
संक्रमण बढेपछि अभिभावकले विद्यालय बन्द गर्नु पर्ने माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्