१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चाडका राष्ट्रपति भिडन्तमा मारिए


0
Shares

एजेन्सी । अफ्रिकी मुलुक चाडका राष्ट्रपति इद्रिस डेबी विद्रोहीसंगको भिडन्तमा मारिएका छन् ।

लिवियासँगको सीमा जोडिएको उत्तरी क्षेत्रमा सेना र विद्रोहीबीच भएको भिडन्तमा राष्ट्रपति डेबी मारिएका हुन् ।

राष्ट्रपतिको निधनसंगै सरकार र संसद विघटन गरिएको छ ।

सैन्य परिषद्ले आगामी १८ महिनासम्म मुलुकको नेतृत्व गर्ने जनाइएको छ ।

राष्ट्रपति डेबी गत सप्ताहन्त लिवियासंगको सीमा नजिकको क्षेत्रमा सेनाले विद्रोहीसंग संघर्ष गरिरहेको बेसमा पुगेका थिए ।

सोही समयमा बोर्डर पोष्टमा विद्रोहीले आक्रमण गरेका थिए ।

शनिवारबाट शुरु भएको भिडन्तमा ३ सय जना विद्रोही र १ सय ५० जना पक्राउ परेका छन् ।

सेनाका जर्नेलले भिडन्तमा पाँच जना सेनाको मृत्यु र ३६ जना घाईते भएको बताएका छन् ।

अप्रिल ११ मा भएको प्रान्तिय निर्वाचनमा डेबीले ८० प्रतिशत मत हासिल गर्दै छैटौ कार्यकालका लागि पनि निर्वाचित हुने प्रक्षेपण गरिएको थियो ।

अफ्रिकामा सबैभन्दा लामो समय सत्तामा रहेका डेबी सन् १९९० मा सत्तामा आएका थिए ।