६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


ओलीले थालेको प्रक्रियाविरुद्ध नेपाल पक्ष सर्वोच्च जाने


0
Shares

काठमाडौं, बैशाख ८ । नेकपा एमालेको माधव नेपाल पक्ष सांसद पदबाट कारवाही गर्नेगरी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले थालेको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा जान लागेको छ ।

एमालेले नेपालसहित २७ जना संघीय सांसद र ५ जना कर्णाली प्रदेशका सांसदलाई स्पष्टीकरण सोधेको थियो ।

उत्प्रेषणको आदेशबाट ओलीको कारवाही प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दिने तयारी भएको नेपाल पक्षले जनाएको छ ।

एमालेले संविधानको धारा ८९, राजनीतिक दल सम्बन्धी ऐनको दफा ३१ र ३२ र पार्टीको विधानको धारा ४९ लाई समेत उदृत गरेर सांसद पदबाट किन कारवाही नगर्ने भन्ने प्रश्नसहितको स्पष्टीकरण सोधेपछि नेपाल पक्ष अदालत गएको हो ।