
तस्विर फाइल
काठमाडौं, बैशाख ८ । बाँकेको नेपालगञ्जमा बुधबार मध्यरातबाट लागू हुने गरी लकडाउन घोषणा गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले नेपालगञ्ज उपमहानगर क्षेत्रभर बुधबार मध्यरातिदेखि बैशाख १५ गतेसम्म लकडाउन हुने जानकारी दिनुभयो ।
उहाँले बुधबार बिहानसम्म सक्रिय संक्रमितको संख्या ७३५ पुगेसँगै अस्पतालहरु बिरामीले भरिएको अवस्थालाई गम्भीरतापूर्वक लिँदै लकडाउन गरिएको बताउनुभयो ।
कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि लकडाउन गरिएको उहाँको भनाइ छ ।
लकडाउनको समयमा अत्यावश्यक सवारी साधनबाहेक अन्य सबै प्रकारका सेवा (बैंक तथा वित्तिय संस्था समेत) सञ्चालनमा रोक लगाइएको छ ।
यस्तै अत्यावश्यक कामबाहेक हिँडडुलमा समेत रोक लगाइएको छ ।
प्रतिक्रिया दिनुहोस्