
बैतडी, बैशाख ८ । बैतडीको मेलौली नगरपालिकामा विद्यालयहरु बन्द गरिएको छ ।
नगरभित्रका सम्पूर्ण विद्यालय बैशाख १४ गतेसम्मका लागि बन्द गरिएको मेलौली नगरपालिकाका प्रमुख कृष्णसिंह नायकले जानकारी दिनुभयो ।
नगरपालिकाको वडा नं ७ तोल्याका एक जनामा कोरोना पुष्टि भएको र विद्यालयबाट संक्रमण फैलिन सक्ने भन्दै बन्द गरिएको हो ।
नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकले बैशाख १४ गतेसम्म बन्द गर्ने र संक्रमण नफैलिएमा वैशाख १५ गतेदेखि परीक्षा सञ्चालन गर्ने गरि विद्यालय खोलिने जनाएको छ ।
मेलौलीमा ४६ सामुदायिक र दुई संस्थागत गरी ४८ विद्यालय रहेका छन् । नगरपालिकाको तोल्या क्षेत्रलाई सिल गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्