२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


सुनको मूल्य एकैदिन १३ सयले बढ्यो


0
Shares

काठमाडौं, बैशाख ८ । बुधबार सुन चाँदीको मूल्य उकालो लाग्यो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यस दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य एकै पटक तोलामा १३ सयले महंगिएर ९२ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन ३ सयले घटेर ९० हजार ७ सयमा कारोबार भएको थियो ।

यस दिन चाँदीको भाउ पनि १० रुपैयाँले उकालो लागेर १३ सय १० मा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा बुधबार साँझसम्म सुन प्रति औंन्स १७ सय ८२ डलर हाराहारीमा कारोबार भैरहेको थियो ।