११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


अध्यक्ष ओलीबाट हामीलाई पार्टीमा रहन नदिन अनेक दाउपेच भयो : खनाल-नेपाल समूह


0
Shares

काठमाडौं, बैशाख ९ । नेकपा एमालेको खनाल–नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई पार्टी रहन नदिने अनेक दाउपेच गरेको आरोप लगाएको छ ।

७२ औं पार्टी स्थापना दिवसका सन्दर्भमा बिहीबार एक अपिल जारी गर्दै उहाँहरुले आफूहरुलाई एमालेमा रहन नदिन अनेक दाउपेचहरू गरिएको बताउनुभएको हो ।

फागुन २८ गतेको गुट भेलालाई नै पार्टी केन्द्रीय कमिटको बैठक मान्ने कुराले त्यही देखाउँछ भन्दै अपिलमा तर आफुहरुले पार्टी एकता जोगाउन चाहन्छौं, भनिएको छ ।

अपिलमा एमालेको एकता बचाऔँ, कम्युुनिष्ट आन्दोलनको रक्षा गरौँ भनिएको छ ।

फागुन २८ र त्यसपछि भएका कथित बैठक र तिनका अवैध निर्णय सबै रद्द गरिनुपर्छ भन्दै अपिलमा २०७५ जेठ २ गते जुन केन्द्रीय कमिटी थियो त्यसको पूर्ण बैठक बसेर अब कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा निर्णय गर्नु पर्ने उल्लेख गरिएको छ ।

यसबाट मात्र एमालेको एकता जोगिन्छ, एकता जोगाउन सकियो भने नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने आधार जोगिन्छ, भनिएको छ ।

यस्तो सामान्य प्रस्तावलाई स्वीकार नगर्नु नै ओली पार्टी विभाजनमा लागेको प्रमाणित भएको आरोप समेत लगाइएको छ ।

खनाल–माधव नेपाल समूहले गरेको अपिलमा पछिल्लो समय ओलीले चालेका कदम एमाले विभाजन हुनुका साथै कम्युनिष्ट आन्दोलनको विसर्जनको दिशामा रहेको जनाइएको छ ।