
तस्वीरःफाइल
काठमाडौं, बैशाख ९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ ।
काठमाडौंको नक्सालस्थित होटल मेरियटमा करिब २ घण्टा छलफल गरेर प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल बाहिरिनु भएको छ ।
ओली केही बेर अघि बाहिरिनुभएको थियो भने नेपाल करिब ३० मिनेटपछि बाहिरिनुभएको थियो ।
नेपालले बैठकको बारेमा कुनै प्रतिक्रिया दिनुभएन ।
प्रधानमन्त्रीका आर्थिक सल्लाहकार तथा सांसद मोतिलाल दुगडबीच वार्ता सकारात्क भएको र थप वार्ता चल्ने जानकारी दिनुभयो । बुधबार पनि करिब २ घण्टा वार्ता चलेको थियो ।
प्रतिक्रिया दिनुहोस्