
काठमाडौं, बैशाख ९ । प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक आचरण उल्लंघन गर्नाले कालान्तरमा राष्ट्रिय सुरक्षा नै कमजोर हुने बताउनु भएको छ ।
सैनिक मुख्यालयमा बिहीबार भएको तेस्रो सैनिक आचारसंहिता सप्ताहको समापन कार्यक्रममा उहाँले राष्ट्रिय सुरक्षा कमजोर पारेर व्यक्तिगत, समुहगत र छद्मभेषी तत्वहरुले सैनिक संगठनलाई नै ध्वस्त पार्नसक्ने बताउनुभयो ।
परिवर्तनको शुरुवात आफैबाट गरौं भन्ने भावना सहित सकारात्मक परिवर्तनको पहलकदमी लिनुपर्ने उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्