१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उपत्यकाका तीनवटै प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका काम नगर्ने


0
Shares

काठमाडौं, बैशाख १२ । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालय एक साताका लागि बन्द हुने भएका छन् ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले एक साताका लागि अत्यावश्यक काम बाहेकका काम नगर्ने गरी कार्यालयहरु बन्द गर्ने निर्णय गरेको हो ।

कोरोना महामारीको दोस्रो चरणको जोखिमलाई ख्याल गर्दै अत्यावश्यक सेवा मात्र सञ्चालन गर्ने र नियमित अन्य कामहरु बन्द गर्ने निर्णय गरिएको हो ।

कार्यालय बन्दको अवधिमा शान्ति–सुरक्षा, ठाडो उजुरीलगायत नगरी नहुने काम मात्र सञ्चालन हुने पनि जिल्ला प्रशासन कार्यालयहरुले जनाएका छन् ।

सरकारले लकडाउन नगर्ने निर्णय गरेलगत्तै तीन वटै प्रमुख जिल्ला अधिकारीको बैठक बसेर यस्तो निर्णय लिएको बुझिएको छ ।