१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोना संक्रमणले बाँकेको अवस्था नाजुक बन्दै, बैशाख २० गतेसम्म जिल्लाभर लकडाउन


0
Shares

काठमाडौं, बैशाख १२ । स्थानीय प्रशासनले बाँके जिल्लाभर लकडाउन गर्ने निर्णय गरेको छ ।

संक्रमितको संख्या बढेपछि स्थानीय प्रशासनले जिल्लाभर लकडाउन गरेको हो ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सोमबार राति १२ बजेदेखि २० गते राति १२ बजेसम्म जिल्लाभरि लकडाउन हुने जानकारी दिनुभयो ।

बाँकेमा कोरोना संक्रमित ह्वात्तै बढ्दा स्थानीय प्रशासनले ८ गते रातिदेखि १५ गते रातिसम्म नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा मात्रै लकडाउन गरेको थियो ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा दैनिक उपभोग्य वस्तु तरकारी, खाद्य, दूध, ग्यासका पसल बिहान ६ देखि ९ बजेसम्म सञ्चालन हुने उल्लेख गरिएको छ ।

स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत्, दूरसञ्चार, खानेपानी, फोहोरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधि पसल, बैंकको एटीएमजस्ता अत्यावश्यक सेवा एवं सार्वजनिक निर्माण कार्य, पूर्व निर्धारित परीक्षा र हवाईसेवा सञ्चालन गर्न पाइनेछ ।

जिल्लामा अहिलेसम्म ८५ जनाको मृत्यु भइसकेको छ । बाहिरी जिल्लाका एक सय ३ जनाको मृत्यु भएको छ ।

वैशाख १ देखि ११ गतेसम्म २ हजार ९ सय ३ जना संक्रमित थपिएका छन् भने २७ जनाको मृत्यु भइसकेको छ ।