
काठमाडौं, बैशाख १२ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचारमा अत्यावश्यक पर्ने अक्सिजनको अभाव हुन थालेपछि ५० शैयाभन्दा माथिका सबै अस्पतालहरुलाई अक्सिजन सिलिन्डर व्यवस्थापन गर्न निर्देशन दिएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ५० देखि ५ सय शैयासम्मका जिल्ला अस्पताल, अस्पताल, मेडिकल कलेजहरुमा क्रमश २० देखि १ सय वटा ठुलो सिलिण्डर तयारीमा राख्न आग्रह गर्नुभएको हो ।
त्यसको सोधभर्ना स्वास्थ्य तथा जनसंख्याले प्रति सिलिण्डर २० हजार सम्म दिने निर्णय गरेको छ ।
यस्तै मन्त्रालयले सबै अस्पताल र मेडिकल कलेजहरु कोरोना संक्रमितको संख्या बढेसँगै उपचारका लागि आवश्यकताको आधारमा सम्झौता गर्ने निर्णय भएको पनि डा. गौतमले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्