
काठमाडौं, बैशाख १२ । सर्वोच्च अदालतले नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा क्षेत्र नियमन र नियन्त्रण गर्न सरकारको नाममा परमादेश जारी गरेको छ ।
न्यायाधीश प्रकाशमान सिंह राउत र पुरुषोत्तम भण्डारीको इजलासले नेपाल भारत सीमा क्षेत्रका बारेमा तत्काल कदम चाल्न सरकारका नाममा परमादेश आदेश जारी गरेको हो ।
नेपाल भारतको खुल्ला सीमा अनुगमन र नियन्त्रण गर्ने कार्यका लागि आवश्यक व्यवस्था गर्न र सीमा सुरक्षा गर्नका लागि उचित व्यवस्था गर्न समेत सरकारका नाममा आदेश जारी गरेको जनाएको छ ।
साथै नेपाल र भारतबीच भएका सन्धिहरुको पुनरावलोकन गर्न, हवाई मार्गसँग सडकमार्गको प्रयोग गरेर नेपाल आउनेको समेत अभिलेख राख्न सरकारलाई आदेश दिएको छ ।
वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले २०७३ चैत १३ गते रिटका लागि निवेदन दर्ता गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्