६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


लकडाउनको त्राससँगै शेयर बजारमा गिरावट


0
Shares

काठमाडौं, बैशाख १२ । साताको शुरुको दिन आइतबार शेयर बजारमा उच्च गिरावट आयो ।

बढ्दो कोरोना संक्रमण र संभावित लकडाउनको त्रासले लगानीकर्ता अत्तालिएको विश्लेषण गरिएको छ ।

नेप्सेमा उच्च गिरावट आएर पुनः २६ सय तल आइपुग्यो । कारोबार शुरु भएदेखि निरन्तर जसो ओरालो लागेको नेप्से ७६ अंक बराबरले झरेर २५ सय ७२ मा आएर थामियो ।

सबै समूह राताम्य रहँदा दुबै बीमा समूहमा साढें ४ सय अंक हाराहारीको गिरावट आयो ।

होटल तथा पर्यटन पनि २ सय २० अंकले ओरालो लाग्यो ।

उत्पादनमूलक, जलविद्युत, लघुवित्त र व्यापार समूह सबै १ सय अंक भन्दा बढीले ओरालो लागे ।

विकास बैंक, वाणिज्य बैंक, वित्त र अन्य पनि दोहोरो अंकले ओरालो लागे ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय १५ कम्पनीको १ करोड ४७ लाख बराबर कित्ता शेयर ७ अर्ब २८ करोड बढीमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।