
तस्विर फाइल
काठमाडौं, बैशाख १३ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा एक सातासम्म निषेधाज्ञा जारी गरिएको छ ।
कोरोना संक्रमणको अवस्था भयावह बन्न थालेपछि जिल्ला कोभिड–१९ विपद् व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
यही बैशाख १४ गते मध्यरातिदेखि एक हप्तासम्म निषेधाज्ञा जारी हुनेछ ।
नागरिकको भीड कम गरी संक्रमण फैलन नदिन निषेधाज्ञा जारी गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिनुभयो ।
अत्यावश्यकीय सेवा प्रवाहका लागि खानेपानी, विद्युत्, बैंक तथा वित्तिय क्षेत्रमा सुरक्षा मापदण्ड पालना गर्दै सेवा प्रवाह गर्न प्रशासनले निर्देशन दिएको छ ।
प्रतिक्रिया दिनुहोस्