
काठमाडौं, बैशाख १३ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई कारबाही गर्न खोजेको भन्दै त्यसलाई रोकी पाउन माग गर्दै अदालत गएका माधव नेपाल समूहको रीट निवेदनमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
न्यायाधिश प्रकाश कुमार ढुङ्गानाको एक्ल इजलासले सोमबार एमाले नेता नेपालसहित ४ जनाको रीटमाथि सुनुवाइ गर्दै कारण देखाउ आदेश मात्रै जारी गरेको हो ।
इजलासले सो मुद्दालाई अग्राधिकार भने दिने निर्णय गरेको छ ।
रिट निवेदकको तर्फबाट सोमबार वरिष्ठ अधिवक्ता शम्भु थापा, टीकाराम भट्टराई, हरि प्रसाद उप्रेती, खगेन्द्र अधिकारी र अधिवक्ता गोविन्द शर्माले बहस गरेका थिए ।
नेपाल पक्षका नेताहरुले गत बिहीबार सर्वोच्चमा रीट दायर गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्