१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


बागलुङमा कोरोना संक्रमित एक महिलाको मृत्यु


0
Shares

बागलुङ, बैशाख १५ । कोरोना संक्रमणबाट बागलुङमा एक जना महिलाको मृत्यु भएको छ ।

बागलुङ नगरपालिका ११ की ६१ वर्षीया महिलाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

मृतक महिलालाई बैशाख १० गते कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

योसँगै गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या २१९ पुगेको छ भने बागलुङ जिल्लामा १२ पुगेको छ ।

बागलुङ जिल्लामा तीव्र गतिमा कोरोना संक्रमण फैलिएको भन्दै नेपाल सरकारले अति प्रभावित जिल्लाको सूचिमा राखेको छ ।

जिल्लामा अहिले ८४ जना सक्रिय संक्रमित छन् ।

मंगलबार मात्रै कोरोना विरुद्ध खोप लगाएका धौलागिरी अस्पतालका दुई स्वास्थ्यकर्मी सहित १५ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो ।

बुधबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।