
सुनसरी, बैशाख १५ । सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्षमा अर्नाको संख्या वृद्धि भएको छ ।
आरक्षमा यो बर्ष ५७ वटा अर्ना थपिएका छन् ।
आरक्ष कार्यालयले बुधबार गणना प्रतिवेदन सार्वजनिक गर्दै यसअघि ४४१ वटाको संख्यामा रहेको अर्नाको संख्यामा वृद्धि भएर ४९८ पुगेको जनाएको छ ।
आरक्षमा भाले अर्ना २२१ वटा र पोथी १६२ वटा रहेका छन् ।
अर्ध वयश्क अर्नाको संख्या ४८ रहेको छ ।
दुई वर्ष उमेर सम्मका बच्चा ३५ वटा रहेको कार्यालयले जनाएको छ ।
त्यसैगरी एक वर्ष सम्मको बच्चा अर्नाको संख्या ३२ पुगेको छ ।
अर्नाको संख्यामा वृद्धि हुँदै गए पनि संरक्षणमा समस्या थपिदै गएको आरक्षका प्रमुख संरक्षण अधिकृत अशोक रामले बताउनुभयो ।
जगंली भैसीसमेत भनेर चिनिने अर्ना विश्वमै दुलर्भ वन्यजन्तुको रुपमा संरक्षित छ ।
अर्ना नेपालको कोशी टप्पु वन्य जन्तु आरक्षमा मात्र पाइन्छ ।
प्रतिक्रिया दिनुहोस्