१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


कर्णाली प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित


0
Shares

काठमाडौं, बैशाख १५ । कर्णाली प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

बुधबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले कोरोना महामारीको समयमा बैठक बस्न औचित्य नभएको भन्दै बैठक स्थगित गर्न माग राखेको थियो ।

बैठकको सुरुमा एमाले संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहले कोरोनाले जनताले दुःख पाइरहेको बेला सदन बस्न औचित्य नहुुने भन्दै बैठक स्थगित गर्न माग गर्नु भएको थियो ।

त्यसपछि एमालेका सबै सदस्यहरुले बैठक स्थगित गर्न माग गरेका थिए ।

प्रमुख प्रतिपक्षी दलको लगातारको अवरोध पछि सभामुुख राजबहादुर शाहीले अनिश्चितकालका लागि बैठक स्थगित गरेको जानकारी दिनुभयो ।