
काठमाडौं, बैशाख १६ । काठमाडौं महानगरपालिकाले निषेधाज्ञाको अवधिभर महानगरबासीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ ।
महानगरपालिकाले बिहीबारदेखि महानगरमा १० वटा निःशुल्क एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।
महानगरपालिकाले संयुक्त एम्बुलेन्स चालक संघसँग बिहीबारदेखि १० वटा एम्बुलेन्स निःशुल्क सञ्चालन गर्नको निम्ति सम्झौता गरेको हो ।
निषेधाज्ञाको समयमा नगरवासीलाई पर्ने स्वास्थ्य समस्या समाधानका लागि घरबाट अस्पताल, अस्पतालबाट घर र अस्पतालबाट अस्पताल सम्मको निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले बताउनुभयो ।
एम्बुलेन्सले महानगरपालिका भित्र २४ सैं घण्टा सेवा प्रदान गर्ने जनाइएको छ ।
मेयर शाक्यले कहीकतैबाट पनि गुनासो नआउनेगरी सेवा दिन एम्बुलेन्स चालकहरुलाई आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्