१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


नेप्से २६ अंकले वृद्धि


0
Shares

काठमाडौं, बैशाख १६ । साताको अन्तिम दिन बिहीबार शेयर बजार २६ अंकको सुधार आएसँगै नेप्से परिसुचक २६ सय ११ पुगेको छ ।

अन्य दिनको तुलनामा विहिवार निषेधाज्ञाको पहिलो दिन कारोवार रकम भने खुम्चिएको छ ।

यस दिन प्रायः सबै उपसुचक हरियो रहँदा होटल तथा पर्यटन समुह मात्र २८ अंकले घटेको छ ।

जिवन बिमा समुह सबैभन्दा बढी १ सय ४३ अंकले उकालो लाग्यो भने निर्जिवन बिमा समुहमा १ सय २४ अंकको सुधार आयो ।

यस्तै व्यापार समुह १ सय २६, उत्पादन समुह १ सय ४, जलविद्युत ८०, अन्य ५१, लघुवित्त ४४, विकास बैक २७ अंकले उकालो लाग्दा बैक र वित्त समुहमा सामान्य अंकको सुधार आएको छ ।

महिला लघुवित्त वित्तिय संस्था र सिंगटी हाइड्रो पावर कम्पनीको शेयर मुल्यमा सकरात्मक सिर्किट लाग्दा १ सय ३९ कम्पनीको शेयर मुल्य बृद्धि भएको छ ।

श्री इन्भेष्टमेन्ट फाइनान्स र नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताले सवैभन्दा बढी गुमाउँदा ३२ कम्पनीको मुल्यमा गिरावट आएको छ भने १२ कम्पनीको मुल्य स्थीर रहेको नेप्सेले जनाएको छ । कारोवार रकमका आधारमा विहिवार एनसीसी बैक र शिवम् सिमेन्ट अग्रस्थानमा रहे ।

बिहीबार २ सय १७ कम्पनीको ९८ लाख बढी कित्ता शेयर ४ अर्ब ३५ करोड बढीमा कारोवार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।