
तस्विर फाइल
काठमाडौं, बैशाख १८ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले सरकारको विज्ञप्तिले त्रास फैलाएको बताउनुभएको छ ।
कोरोना रोकथाम तथा न्युनिकरणमा सरकार नलागि गम्भिर लापरबाही गरेको उहाँको आरोप छ ।
सरकारले नै लापरबाही गरेर भिड जम्मा गर्दै हिड्ने र पछि सक्दिन भनेर हात उठाउनु गैरजिम्मेवार भएको उहाँको भनाई छ ।
नेता पुनले कोरोना संक्रमण नियन्त्रणका लागि नीजि अस्पतालसँग समन्वय गर्नुपर्ने र थप आइशोलेसन सेन्टरका लागि विभिन्न सार्वजनिक ठाउँहरुमा युद्धस्तरको काम थाल्नुपर्ने पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्