
कपिलवस्तु, बैशाख १८ । भारतसँग जोडिएका सीमा नाका बन्द गर्ने सरकारका निर्णय भएसँगै कपिलवस्तुको कृष्णनगर नाका बाहेक सबै ठुला साना नाका शशस्त्र प्रहरी बलले बन्द गरेको छ ।
कोरोना भाइरसको संक्रमण नियन्त्रणमा ल्याउनको लागि सरकारले नेपाल–भारत सीमा नाका बन्द गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को बैठकले नेपाल–भारत सीमा क्षेत्र बन्द गर्ने निर्णय गरे पश्चात कपिलबस्तुको मर्यादरका र चाकरचौडा नाका बन्द भएको हो ।
पछिल्लो समय भारतमा दोस्रो लहरको कोरोना संक्रमण उच्च तहमा पुगेका बेला भारतसँगको सीमा बन्द गर्नुपर्ने भन्दै बि ओ पी मर्यादपुरका ईन्चार्ज शंकर सिंहको कमाण्डमा सिमा नाका पुर्ण रुपमा बन्द गरि आफनो मताहतका प्रहरी जनावलाई मानिसको मानव अधिकार हनन् नहुने गरि राम्रो ब्यवहारले निगरानी गर्ने आदेश दिनुभएको छ ।
भारतमा कोरोना सांक्रमण बढ्दै गएपछि सरकारले उतर प्रदेशमा लकडाउन गरेकोले भारत बाट नेपाल आउनेको संख्या नगन्य रहेको छ ।
प्रतिक्रिया दिनुहोस्