१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दीप बस्न्यातबारे कारण देखाउ आदेश जारी


0
Shares

काठमाडौं, बैशाख १९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दिप बस्न्यातले दायर गरेको रिटमा सर्वोच्च अदालतले विषेश अदालतको नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधिश मिरा खड्काको एकल ईजलासले पूर्वप्रमुख आयुक्त बस्नेतले आफुलाई थुनामुक्त गर्न माग गर्दै दायर गरेको रिटमा सुनुवाई गर्दै ३ दिन भित्र लिखित जवाफ पेश गर्न आदेश गरेको हो ।

ईजलासले निवेदकको माग बमोजिम बन्दी प्रत्यक्षीकरणको आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुन नपर्ने मनासिब आधार, कारण र प्रमाण भए सो समेत खुलाई विपक्षीलाई महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखित जवाफ पेश गर्न आदेश गरेको छ ।

गत शुक्रबार बसन्यातले ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतले आफुविरुद्ध गलत आदेश दिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण मुद्धा दर्ता गराउनुभएको थियो ।

बस्न्यातविरुद्ध अख्तियारले ९ करोड ६५ लाख रुपैयाँ बिगो दाबी सहित दर्ता गरेको मुद्दामा सुनुवाई गर्दै विशेष अदालतले उहाँलाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।

डिल्लीबजार कारागार चलान भएका उहाँ हाल कोरोना संक्रमण भएपछि चाबहिलस्थित ओम अस्पतालमा उपचाररत हुनुहुन्छ ।