
काठमाडौं, बैशाख १९ । पार्टी कारबाहीमा परेर सांसद पदबाट पदमुक्त भएका जनता समाजवादी पार्टीका ४ नेताले दिएको रिट सर्वोच्च अदालतले फिर्ता गरिदिएको छ ।
कोरोना महामारीका कारण सर्वोच्च अदालतले वैशाख १५ देखि वैशाख मसान्तसम्म बन्दी प्रत्यक्षीकरण र कोभिड महामारीसँग सम्बन्धित अत्यन्त जरुरी प्रकृतिका रिट निवेदनमात्र दर्ता हुने भन्दै सर्वोच्चले फिर्ता गरिदिएको हो ।
सह–रजिस्ट्रार बाबुराम दाहालले अदालतको नियमित काम कारबाही र सेवा सञ्चालन भएको बखत निवेदन लिई आएमा दर्ता हुन सक्ने भन्दै हाललाई फिर्ता हुने आदेश दिनुभएको हो ।
पार्टी र प्रदेशसभाको उक्त निर्णयको विरुद्धमा जसपा नेताहरु सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे सर्वोच्चमा रिट लिएर पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस्