१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लकडाउनमा दैनिक २ करोड युनिट मात्र विद्युत् खपत


0
Shares

काठमाडौं, बैशाख १९ । गतवर्ष कोरोनाकाकारण जारी भएको लकडाउनका कारण विद्युत् खपतकरिब आधा घटेको थियो ।

गतवर्ष पनिदिउँसो र साँझ–बिहानको समयमाउत्पादितविद्युत् सबै खपतभएपनि रातको समयमाभने बिजुलीको प्रयोग गर्न पाएको थिएन ।

यस वर्षपनि काठमाडौं उपत्यकासहित देशकामुख्यमुख्य सहरी जिल्लामा फेरि निषेधाज्ञा सुरु भएको छ । यो सँगै रातको समयमाउत्पादनभएको विद्युत् खपतकमहुनथालेको विद्युत् प्राधिकरणले जनाएको छ ।

गतवर्ष भने विद्युत् खपत घटेर एक समय एक करोड ८० लाख युनिटसम्म सीमितभएको थियो ।

त्यतिबेला सामान्यतयादुई करोड ४० लाख देखि ५० लाख युनिटसम्म मात्रै विद्युत् मागहुने गरेको थियो । अहिले देशका २९ जिल्लामानिषेधाज्ञा छ ।

गतवर्षभने ७७ वटै जिल्लामा एकै पटक लकडाउनको घोषणा भएपछि विद्युत्को मागआधामा सीमितभएको थियो ।

यस वर्ष पनिऔद्योगिक क्षेत्र रहेका सबै जिल्लामानिषेधाज्ञा लगाउने वित्तिकै विद्युत् खपतदुई करोड युनिटकै आसपासमाआउन सक्ने प्राधिकरणको अनुमान छ ।

अहिले नेपालले भारतबाट अधिकतम एक करोड ८३ लाख युनिटसम्म विद्युत् उर्जा आयातगरिरहेको छ ।