८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


एक चौथाई कर्मचारीबाट सेवा दिन बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको निर्देशन


0
Shares

काठमाडौं, बैशाख १९ । कोरोना संक्रमणको दोस्रो लहर बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि निर्देशन जारी गरेको छ ।

स्वास्थ्य सतर्कता अपनाउदै पूर्ण सजगताका साथ कारोबार गर्न गराउन केन्द्रीय बैंकले थप ७ बुँदे निर्देशन जारी गरेको हो ।

राष्ट्र बैंकले कम कर्मचारीबाट सेवा प्रवाह गर्न, संभब भएसम्म फेस टु फेस बैकिङ सेवा भन्दा विद्युतीय माध्यमबाट सेवा दिन जोड दिएको छ ।

निषेधाज्ञा जारी भएका स्थानमा रहेका केन्द्रीय कार्यालयमा २० प्रतिशत भन्दा कम र शाखा कार्यालयको हकमा २५ प्रतिशत भन्दा कम कर्मचारीबाट सेवादिन राष्ट्र बैंकले निर्देशन दिएको छ ।

राष्ट्र बैंकले वर्क फर्म होम र रिमोट एक्सेसबाट सेवा दिन पनि जोड दिएको छ ।

त्यस्तै शाखाहरुबाट आलोपालो सेवा दिन र हरेक दिनको शाखा खुल्ने विवरण वेबसाइट र सामाजिक संजालमार्फत जानकारी दिन पनि राष्ट्र बैंकले निर्देश गरेको छ ।