७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


निषेधाज्ञाकैबीच शेयर बजारमा ५४ अंकको उछाल


0
Shares

काठमाडौं, बैशाख १९ । निषेधाज्ञाकैबीच शेयर बजारमा उछाल जारी रह्यो ।

साताको सुरुको दिन आइतबार पनि बजार परिसूचक नेप्सेमा ५४ अंकको बृद्धि आएर २६ सय ६५ पुग्यो । कारोबार पनि उच्च नै साढें ७ अर्ब हाराहारी रह्यो ।

यस दिन सबै समूहमा हरियाली छायो ।

जीवन बीमा समूहमा सबैभन्दा उच्च ६ सय ३२ अंकको उछाल आयो । निर्जीबन बीमा समूहमा पनि ४ सय ४८ अंकको बृद्धि आयो ।

होटल तथा पर्यटन, उत्पादनमूलक र लघुवित्त समूहमा सय अंक माथिको सुधार आयो ।

अन्य समूह ९४ अंक र व्यापार समूह पनि ७९ अंकले उकालो लागे । जलविद्युत, विकास बैंक, वाणिज्य बैंक र वित्त पनि दोहोरो अंकले सुधारिए ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २६ कम्पनीको १ करोड ५८ लाख कित्ता शेयर ७ अर्ब ३६ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।