२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


विपक्षीको तीब्र विरोधबीच मुख्यमन्त्री शंकर पोखरेलले लिए शपथ


0
Shares

काठमाडौं, बैशाख १९ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनियताको सपथ लिनुभएको छ ।

पुन मुख्यमन्त्रीमा नियुक्त हुनुभएका एमाले संसदीय दलका नेता शंकर पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले पद तथा गोपनियताको सपथ गराउनु भएको हो ।

आश्चर्य त के भने पोखरेलले प्रदेश प्रमुख धर्मनाथ यादवलाई आफ्नै कार्यालयमा ल्याएर शपथ लिनुभएको हो ।

आजै आर्थिक तथा योजना मन्त्रीमा बैजनाथ चौधरी र स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा हरि रिजाललाई पद तथा गोपनियताको सपथ दिलाइएको छ ।

यस्तै जसपाका सन्तोष पाण्डे र विजय यादवले पनि पूर्ववत पदमै सपथ लिनुभयो । पाण्डे भौतिक पुर्वाधार विकास र यादव भूमी व्यवस्था तथा कृषि मन्त्रीको सपथ लिनुभयो। कल्पना पाण्डे र सुमन शर्मा रायमाझी उपस्थित नभएकाले भोलि सपथ दिलाइने जनाइएको छ ।

मुख्यमन्त्री रहेका पोखरेलले संविधानको धारा १६८ (२) अन्तर्गत गठन भएको सरकार विघटन गरी धारा १६८ (१) अन्तर्गत एमालेको एकल सरकार गठन गर्ने भन्दै विहान राजिनामा दिनुभएको थियो ।

हाल कायम रहेको ८१ जना प्रदेशसभा सदस्य मध्ये ४१ जनाको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष शंकर पोखरेलले पुनः मुख्यमन्त्रीको दावी पेश गरेलगत्तै माओवादी केन्द्र र नेपाली कांग्रेसले कुलप्रसाद केशीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै ४२ जनाको हस्ताक्षर प्रदेश प्रमुख समक्ष पेश गरेका थिए ।