
काठमाडौं, बैशाख १९ । कोरोना संक्रमण दर नियन्त्रणभन्दा बाहिर जान थालेपछि सरकारले राष्ट्रिय र अन्तर्राष्ट्रिय सबै उडानहरु बन्द गर्ने भएको छ ।
महामारी नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न नसकेको भनेर चौतर्फी आलोचना बढ्दै गएपछि आइतबार साँझको मन्त्रिपरिषद् बैठकले सोमबार राति १२ बजेदेखि सबै आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको हो ।
यसअघि नै कोभिड संक्रमण रोकथाम निर्देशक समितिले आन्तरिक र बाह्य उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो ।
त्यसैगरि सरकारले वैशाख २२ गते रातिदेखि भारतलगायत सबै देशसँगको अन्तर्राष्ट्रिय उडान रोक्ने पनि निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्