७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


सांसद पार्वत गुरुङ काठमाडौं जिल्ला अदालतमा, थुनछेक बहस


0
Shares

काठमाडौं, कात्तिक ३ । सांसद पार्वत गुरुङ आइतबार काठमाडौंं जिल्ला अदालतमा उपस्थित भएका छन् ।

दोलखाका वीरध्वज खड्काको ज्यान मार्ने कोशिस गरेको आरोप लागेका नेपाल कम्युनिष्ट पार्टीका सांसद गुरुङ बयानका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका हुन् ।

उनको अदालतमा थुनछेक बहस चलिरहेको जिल्ला अदालत काठमाडौंका श्रेष्तेदार आनन्द श्रेष्ठले जानकारी दिए ।

२०४६ जेठमा काठमाडौंको चाबहिलमा खड्कालाई गुरूङ्गको निर्देशनमा आक्रमण गरेको भन्दै सरकारी वकील कार्यालयले गएको वैशाखमा उनीविरूद्ध मुद्दा दायर गरेको थियो ।

अदालतले जारी गरेको उपस्थित हुन आउने म्यादसहितको पक्राउ पुर्जीसांसद गुरूङले असोज ८ गते बुझेका थिए । प्रहरीले भने गुरूङ फरार रहेको बताउँदै आएको थियो ।