
काठमाडौं, वैशाख २१ । सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई फिर्ता बोलाएको छ ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो । मुलुक फिर्ता आउन दाहाललाई परराष्ट्र मन्त्रालयले जानकारी नै गराइसकेको छ ।
आफूलाई नेपाल फर्कन जानकारी आएको दाहालले सिड्नीमा बताउनुभएको हो ।
गत वर्ष जेठ २५ गते अष्ट्रेलियका लागि राजदूतमा सिफारिस गरिएका दाहाल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको कोटामा राजदूत बन्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्