
तस्विर फाइल
काठमाडौं, बैशाख २२ । कोरोना भाइरसको महामारी बढ्दै गएपछि नेपाली सेनाले अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीहरुलाई सेवामा बोलाउने भएको छ ।
महामारीका कारण स्वास्थ्य जनशक्तिको अभाव खड्किदै गएको बेला सेनाले ०७२ सालपछि अवकाश भएका सैनिक स्वास्थ्यकर्मीहरुलाई तयारी अवस्थामा रहने निर्देशन दिएको हो ।
यस्तो जनशक्ति ३२० जना भन्दा बढी रहेको नेपाली सेनाले जनाएको छ ।
सैनिक मुख्यालयमा प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा बसेको विशेष बैठकले महामारी नियन्त्रणका लागि सेनाको भूमिका बढ्ने पूर्वानुमानसहित विभिन्न योजना तर्जुमा गर्दै आवश्यक तयारी समेत थालेको छ ।
सोही योजना अन्तर्गत अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीहरुलाई सेवाका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको हो ।
प्रतिक्रिया दिनुहोस्