१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सरकारले तोकेको भन्दा बढी शुल्क लिने अस्पताललाई कारबाही गर्ने


0
Shares

काठमाडौं, बैशाख २२ । स्वास्थ्य मन्त्रालयले सरकारले तोेकेको भन्दा बढी शुल्क लिने नीजी अस्पतालहरुलाई कारवाही गर्ने जनाएको छ ।

मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरि कोरोना महामारीको समयमा तोकिएको शुल्क भन्दा बढी लिने लगायतका गैरकानुनी गतिविधि नगर्न सचेत समेत गराएको छ ।

शुल्कको विषयमा नियमित अनुगमन भैरहेको भन्दै मन्त्रालयले बढी शुल्क लिने अस्पतालहरुबारे मन्त्रालय र स्थानीय प्रशासनहरुमा जानकारी गराउन समेत आग्रह गरेको छ ।

हाल केही निजी अस्पतालहरुले सरकारले तोकेको भन्दा महंगो शुल्क लिने गरेको आम गुनासो व्यापक छ ।