१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


वीरको नयाँ भवनसहित चार ठाउँमा आईसीयूसहितको कोभिड अस्पताल बनाइँदै, गाउँटोल निःसंक्रमण गर्न निर्देशन


0
Shares

काठमाडौं, वैशाख २३ । सरकारले वीर अस्पतालको नयाँ भवनसँगै उपत्यकाका चार ठाउँमा कोभिड अस्पताल सञ्चालन गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले कोभिड रोकथाम, नियन्त्रण र उपचारका लागि बनाएको कार्ययोजनामा शनिबारसम्ममा वीर अस्पतालको नयाँ भवन, भक्तपुरको खरिपाटी, दहचोक र इचंगु नारायणमा आईसीयू सहितको कोभिड अस्पतालसञ्चालन गरिने उल्लेख छ ।

वीर अस्पतालको नयाँ भवनमा ५ सय शय्यासहितको सेवा दिने गरी तयारी गरिएकामा करिब एक सय शैया तयार भइसकेको अस्पताल स्रोतले जनाएको छ ।

यसैगरी, भक्तपुरको खरिपाटी, काठमाडौंको दहचोक र इचंगु नारायणमा पनि आईसीयू सेवा सहितको कोभिड अस्पताल वैशाख २५ भित्र सञ्चालनमा ल्याउने छ ।

कोभिड नियन्त्रण सम्बन्धी कार्ययोजनामा यसअलवा, विभिन्न निर्णय गर्दै स्थानीय तहलाई गाउँटोल निःसंक्रमण गर्न निर्देशन पनि दिइएको छ । कार्ययोजना अनुसार हरेक स्थानीय तहले आ–आफ्नो गाउँटोल निःसंक्रमण गर्नुपर्ने उल्लेख छ ।

२३ वैशाखदेखि नै स्थानीय तहले दैनिक आफ्नो गाउँटोल निःसंक्रमण गर्ने व्यवस्था मिलाउन निर्देशन दिँदै त्यसको समन्वय गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई भनिएको छ ।

यस्तो छ, विस्तृत कार्ययोजनाः