
प्रतीकात्मक।
काठमाडौं, बैशाख २४ । संघीय संसद सचिवालयमा कार्यरत उपसचिव कृष्ण खनालको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
केहि महिना अघि मात्र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट संसद सचिवालयमा सरुवा भइ आउनु भएका उहाँको शुक्रबार मृत्यु भएको हो ।
संसद सचिवालयले सांसद पदाधिकारी र कर्मचारीको पीसीआर परीक्षण अनिवार्य गरेपछि उहाँले गत बुधबार संघीय संसद भवनमा परीक्षण गर्दा बिहीबार कोरोना पुष्टी भएको थियो ।
प्रतिक्रिया दिनुहोस्