
Reuters
एजेन्सी । माल्दिभ्सका पूर्वराष्ट्रपति मोहमद नासिद आत्मघाती विस्फोटमा परि घाइते हुनुभएको छ ।
राजधानी मालेमा कार चढ्ने क्रममा गराइएको आत्मघाती बिस्फोटमा उहाँ घाइते हुनुभएको हो ।
पूर्वराष्ट्रपति नासिदको कार नजिक बिस्फोटक पदार्थले भरिएको मोटरसाइकल बिस्फोट गराइएको थियो ।
शरीरमा बमका छर्राहरु लागेपछि उहाँलाई अस्पताल लगिएको छ ।
नासिदका कार चालक पनि विष्फोटमा घाइते भएका छन् ।
यसैबीच माल्दिभ्सका राष्ट्रपति इबु सोलिहले घटनाप्रति दुख ब्यक्त गर्दै घटनाको अनुसन्धान गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।
माल्दिभ्समा विद्रोही जिहादी समुहले आक्रमण गरेको हुन सक्ने आशंका गरिए तापनि घटनाको जिम्मेवारी कसैले लिएको छैन ।
प्रतिक्रिया दिनुहोस्