
काठमाडौं, वैशाख २६ । संसदको कार्यव्यवस्था समिति बैठकमा सोमबार बस्ने विशेष अधिवेशन सञ्चालनबारे छलफल भएको छ ।
प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले आह्वान गर्नुभएको समितिको बैठकमा कोरोना संक्रमित भएका प्रतिनिधिसभा सदस्यहरुलाई कसरी मत हाल्ने व्यवस्था गर्ने भन्नेमा छलफल गरेको छ ।
कार्यव्यवस्था परामर्श समितिले सोमबारको विशेष अधिवेशनको कार्यसूची तय गर्ने र मत हाल्ने व्यवस्था मिलाउनेबारे छलफल गरेको सभामुखको सचिवालयले जनाएको हो ।

प्रधानमन्त्री केपी ओलीले आफूमाथि प्रतिनिधि सभाका सदस्यहरुको विश्वास छ कि छैन भन्ने जाँच्न वैशाख २७ गतेका लागि विशेष अधिवेशनआह्वान गराउनुभएको थियो ।
सोही प्रयोजनका लागि गरिएको सांसदहरुको कोरोना परीक्षणमा २६ जना सांसद संक्रमित देखिएका छन् ।
समितिको बैठकले सदनको बैठकमा अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन पनि गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्