
नबराज भट्ट
नेपालमा देस्रो चरणको कोरोना प्रवेश गरेसंँगै बालबालिका कोरोना भाइरस (कोभिड -१९) को उच्चजोखिममा रहेका छन् । बालबालिकालाई घरमै सुरक्षित राखेर कोरोनाबाट जोगाउनुपर्ने चिकित्सकको सुझाव छ । देशका कतिपय विद्यालयमा समेत कोरोना सङ्क्रमित हुने बालबालिकाको सख्या धेरै रहेको छ । काठमाडौंँ, भक्तपुर, ललितपुर, बाग्लुङ, काभ्रे लगायतका जिल्लामा बालबालिका कोरोनाको उच्च जोखिममा छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार वैशाख २४ गतेसम्म १२,४७७ बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीका अनुसार कोरोनाको दोस्रो लहरसगैंँ धेरै जसो बालबालिका सङ्क्रमित हुन पुगेका छन् । उहांँले १८ बर्ष मुनिका बालबालिकाको सङ्क्रमणदर उच्च हुदैंँ गएको बताउनुभयो ।
पहिलो चरणमा कोरोनाको लहरमा बालबालिका कोरोनाको जोखिममा देखिएका थिएनन् तर दोस्रो चरणमा भने बालबालिका उच्च जोखिममा छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग विशेषज्ञ डा. अनुप बॉस्तोलाका अनुसार पहिलो चरणमा ज्येष्ठ नागरिक र दीर्घरोगी उच्च जोखिममा रहेको बताउनु भएको छ । कान्तिबाल अस्पतालका निर्देशक डा. आरपी बिच्छाका अनुसार एक महिने शिशुदेखि विभिन्नउमेर समुह काबालबालिका कोरोना सङ्क्रमितभई कान्तिमा उपचार गराई रहेका छन् । यसरी हेर्दा कोरोनाको दोस्रो लहरको प्रभाव बालबालिकामा उच्च रहेको पाइन्छ ।
कोभिड —१९ को दोस्रो लहरको प्रभाव झांँगिदै गर्दा माध्यामिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परिक्षाको अन्योल बड्न थालेको छ । एसईई सञ्चालन हुन अब करीब दुई साता मात्र बांँकी छ । देशमा कोभिडको प्रभाव दिनानुदिन बड्दै छ । विद्यालयका शिक्षक एवम् विद्यार्थीहरुमा सक्रमण दर दिना नुदिन बड्दो क्रममा छ ।
छिमेकी मुलुक भारतमा गत अप्रिल १४ माकक्षा १० को बोर्ड परीक्षा (सीबीएसई) रद्ध गर्ने निर्णय गरेको थियो र पछि आएर सुचना जारी गर्दै बोर्ड पूर्व तयारी परीक्षाबाट ४०% एकाई परीक्षाबाट १०% इन्र्टन्ल एसेसमेन्टबाट २०% र त्रैमासिक परीक्षाबाट ३०% गरी मूल्यांक नगरिने विद्यार्थी मूल्यांकन कार्यविधि सार्वजनिक गरेको छ । नेपाल सरकारले पनि राष्ट्रिय जनगणना रुथगित गरेको छ । नेपालको जेठो विश्वविद्यालय त्रिभुवनविश्वविद्यालयले आफ्ना सम्पूर्ण परिक्षाहरु स्थगीत गरिसकेको अवस्था छ । यस अवस्थामा विद्यालय तहका मुख्य मानिएका परिक्षाहरु प्नि स्थगित हुन सक्ने अनुमान सरोकार वालाले गरेका छन् । सम्वन्धित निकायको मौनताका कारण यति बेलाविद्यार्थी, अभिभावक तथा शिक्षकनिकै तनावमा छन् । शिक्षाविद्हरुले १२ कक्षासम्म माध्यमीकत हभएकाले एसईई नलिइकन कक्षा चडाई १२ मा मात्र परिक्षा लिदा हुने सुझाव दिएका छन् सके अन्य कक्षाहरु मापनि परीक्षा नलिइकनै कक्षा चडाउनुपर्ने उनिहरुको सुझाव छ ।
बुडानिलकण्ठ स्थित एक विद्यालयका शिक्षक मेख बहादुर खड्काले विद्यार्थीहरु निकै मारमा परेको बताउंंंंंंंंंंंंंंंंंंंंंंंंदै भन्नुभयो कक्षा १० को पूरै कोर्स सकिएको छैन । अनलाइनबाट पढाई निरन्तर गरिरहेका छौंंँ तर विविधकारण देखाएर सबै विद्यार्थीको उपस्थित छैन । निर्धारित मितिमै परीक्षाहुने हो भने विद्यार्थीहरुमा अन्याय हुने देखिन्छ ।
गतबर्ष बैशाख सुरु बाट पठनपाठन सुरु हुनु पर्ने माबन्दाबन्दीले असारबाट बैकल्पिक माध्यामबाट पठनपाठन थालिएको थियो तर सबै विद्यार्थीको पहुंँचमा वैकल्पिक माध्यमपुग्न सकेको थिएन । गत मङ्सिर÷पुसबाट बल्ल कक्षा कोठाभित्र प्रत्यक्ष पठनपाठन सुरु भएको छ महिना पनि भएको छैन । यसले गर्दा सबै कोर्स पूरा भइसकेको छैन । एक शिक्षकका अनुसार कतिपय विषयमा त ६०% मात्रकोर्स सकिएको अबस्था छ ।
गतवर्ष परीक्षा सुरु हुनुभन्दा एक दिन अगाडि एसईई स्थगित गरिएको थियो । र विद्यार्थीहरुले पनि पूरै अवधिसम्म पढ्न पाएका छैनन् र दोहोर्याएर अभ्यास गर्न त टाडाकै कुरा कोर्स नै पूरा हुन सकेको छैन । गतवर्ष एसईईमा आन्तरिक मूल्याङकनका आधारमा कक्षा १२ मा ४० प्रतिशत भारको लिखित र बांंंंंंंँकी आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षा लिइएको थियो ।
पाठ्यक्रम विकास केन्द्रकापूर्व कार्यकारी निर्देशक दिवाकर ढुङ्गेलले माहामारीमा परीक्षालिने पर्छ भन्नेमा बैद्घिक तर्क नरहेको बताउनुभयो माहामारीका समयमा आवश्यक पर्ने कुनै प्राविधिक जनशक्ति छान्न् परीक्षा सञ्चाल नगर्नु एउटा कुरा हो तर यो परम्परागत परीक्षा लिनु आवश्यक छैन, गत बर्षकै विधि अपनाउदा राम्रो हुन्छ । तर मूल्याङ्कन गर्दा शिक्षक इमान्दार हुनभने आवश्यक रहेको छ । त्यस्तै नेपाल अभिभावक माहासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले परिक्षालाई दुई महिना धकेल्नु उपयुक्त हुने तर्क प्रस्तुत गदैं भन्नुभयो छापिएका प्रश्नपत्र विद्यालयलाई नै उपलब्ध गराएर विद्यालयले उपलब्ध स्रोत साधनका आधारमा उपयुक्त विधिवाट परिक्षालिदा राम्रो हुनेछ । शिक्षाविद्ध प्रा.डा. मनप्रसाद वाग्लेका अनुसार अहिलेको अवस्था हेर्दा छिटै समस्याबाट पार पाइने नदेखिएकाले प्रश्नपत्र विद्यालयलाई नै उपलब्ध गराएर उसैले परिक्षा लिने विधि अपनाउदा सुझाव दिनुभयो । तर राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौड्यलले आफूहरु छलफलमै रहेको बताउंँदै अवस्था हेरेर जेठको पहिलो सातामात्र परिक्षाको बारेमा निर्णय लिने बताउनुभयो ।
यस विषम परिस्थितीमा लाखौ विद्यार्थीहरुलाई अन्योलमा नराखि छिटो भन्दा छिटो परीक्षाको बारेमाउपयुक्त निर्णय गरी अन्योल हटाउन सम्वन्धित निकायको ध्यान पुगोस् ।
प्रतिक्रिया दिनुहोस्