
काठमाडौं, वैशाख २६ । नेकपा एमालेले आफ्ना सांसदहरुलाई सोमबार प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभामा लिनलाग्नुभएको विश्वासको मतका पक्षमा मतदान गर्न निर्देश जारी गरेको छ ।
नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आइतबार एक पत्रमार्फत् प्रधानमन्त्रीलाई मत दिनका लागि आफ्ना सांसदहरुलाई ह्वीप जारी गर्नुभएको हो ।
प्रमुख सचेतक भट्टराईले एमाले सांसदहरुलाई पत्र लेखी सोमबारको प्रतिनिधिसभा बैठकमा उपस्थित भई प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मत दिन आग्रह गर्नुभएको हो ।
एमालेमा अध्यक्ष एवं प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधव नेपाल–झलनाथ खनाल पक्षमा भएको विवादका कारण पार्टी फूटको संघारमा उभिएका बेला यो ह्वीप जारी गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्