२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


गुल्मीमा कोरोनाबाट एकैदिन ५ जनाको मृत्यु


0
Shares

गुल्मी, बैशाख २६ । पछिल्लो २४ घण्टामा देशभर ५२ जनाको मृत्यु भएको बेला गुल्मीमा भने कोरोना संक्रमणबाट सोमबार एकै दिन ५ जनाको मृत्यु भएको छ ।

योसंगै गुल्मीमा बैशाखमा मात्र कोरोनाकै कारण मृत्यु हुनेको संख्या पनि २२ पुगेको छ ।

मृत्यु हुनेमा ४ पुरुष र एक महिला रहेका छन् ।

यता, रेसुङ्गा नगरपालिका तथा जिल्ला प्रशासन कार्यालयले सुबिधा सम्पन्न कोभिड वार्ड तथा आइशोलेशन तैयार गरेका छन् ।

जिल्लामा सरकारी अस्पतालले मात्र सेवा दिन नसक्ने भएपछि निजी अस्पताल लाई प्रयोग मा ल्याइएको छ ।