
काठमाडौं, बैशाख २६ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ट्रमा सेन्टरलाई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ ।
मन्त्रालयको आइतबार बसेको सचिव स्तरिय वैठकले ट्रमा सेन्टरको सबै भवनवाट अब कोरोना संक्रमितको मात्र उपचार गराउने निर्णय गरिएको हो ।
सो अनुसार ट्रमा सेन्टरका बिरामीलाई वीर अस्पताल र जोरपाटीको अर्थोपेडिक अस्पतालमा व्यवस्थापन गरिने जनाएको छ ।
ट्रमा सेन्टरमा २ सय शैयाको कोभिड अस्पताल सञ्चालन हुने छ ।
यस्तै मन्त्रालयले वीर अस्पतालको २ सय शैया र नयाँ बनेको सर्जिकल भवनमा १ सय ५० शैया पनि कोरोना संक्रमितको उपचारमा प्रयोग गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्