९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


माधव पक्षलाई हतारमा अप्रिय निर्णय नलिन ओलीको आग्रह


0
Shares

काठमाडौं, वैशाख २७ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले माधव नेपाल पक्षलाई हतारमा कुनै पनि अनुचित निर्णय नलिन आग्रह गर्नुभएको छ ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत् एमालेका सांसदहरूलाई सम्बोधन गर्दै उहाँले आन्तरिक मतभेद वा असन्तुष्टी केही भए आपसी छलफलबाट समाधान गर्न सकिने उल्लेख गर्नुभएको छ ।

ओलीले भन्नुभएको छ, ‘हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरुको ध्यानाकर्षण गराउन चाहन्छु । आउनुस् केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं ।’