
काभ्रे, बैशाख २८ । कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमणसँगै अक्सिजनको माग ह्वात्तै बढेको छ ।
काभ्रेको ढलमलेमा रहेको नवज्योति ग्याँसेस प्रा.लि लाई अहिले अक्सिजनको माग धान्नै मुस्किल परेको छ ।
नवज्योतिका दुई वटा प्लान्ट २४ सै घण्टा सन्चालनमा छन् । त्यसबाट दैनिक एक हजारदेखि १२ सय सिलिण्डरसम्म अक्सिजन उत्पादन भइरहेको व्यवस्थापक प्रकाश थापाले जानकारी दिनुभयो ।
काभ्रेसहित काठमाडौं उपत्यकामा कोरोनाका जटिल किसिमका विरामीको संख्या बढ्दै गएपछि उत्पादन क्षमता भन्दा माग बढी भएकाले समयमै अक्सिजन पुर्याउन गाह्रो पर्दै गएको थापाले बताउनुभयो ।
अक्सिजन उद्योगमा सिलिन्डरको चाङ लाग्न थालेको छ । उद्योगमा कार्यरत प्राविधिकहरु विरामी भएपछि नेपाली सेनाले अक्सिजन प्लान्ट सन्चालन गर्दै आएको छ ।
हाल नेपाली सेनाको श्री स्वयम्भु बारुदखाना कार्यालयका प्राविधिक हवल्दारहरु सन्जिव खनाल, श्यामकाजी कार्की, अनिल भण्डारी, शिवराज शाही तथा बहुउदेश्य प्लाष्टिक उद्योग कार्यालयका प्राविधिक हवल्दारहरु डिक्मत तामाङ र खिल बहादुर परियार उद्योगमा कार्यरत छन् ।
प्रतिक्रिया दिनुहोस्