
बागलुङ, बैशाख २८ । बागलुङको ढोरपाटन नगरपालिकामा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
पोखराबाट बिरामी लिएर आएको ध १ ज ५२८ ट्याक्सी ढोरपाटन नगरपालिका वडा नम्बर ५ प्याङखोलामा दुर्घटना भएको हो ।
दुर्घटनामा ट्याक्सी चाल ३५ वर्षीय ढालबहादुर थापा र ढोरपाटन नगरपालिका वडा नम्बर ५ का ४० वर्षीय जोकबहादुर विक मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख जयराम वन्तले जानकारी दिनुभयो ।
मृकत विककी विककी श्रीमती ३८ वर्षीय रतिकला विक ३८ वर्ष घाइते भएको वन्तको भनाई छ ।
चालक थापा गम्भीर भएको हुँदा उनलाई पाल्पा रेफर गरिएको र लैजाँदै गर्दा बाटैमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते विकलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरि रहेको प्रहरीको भनाई छ ।
ट्याक्सी सडकदेखि एक सय मिटर तल भूजीखोलामा खसेको छ ।
प्रतिक्रिया दिनुहोस्