
स्याङ्जा, बैशाख २९ । स्याङ्जामा कोरोना लक्ष्यण देखिएका तर पिसिआर परिक्षण नभएको एक युवतीको मृत्यु भएको छ ।
ति युवतीका आफन्तले शव उठाउन मानेका छैनन् ।
पुतलीबजार नगरपालिका ६ टक्सार माइतमा बस्दै आएकी उनलाई श्वासप्रश्वासमा समस्या भएपछि बुधवार बिहान जिल्ला अस्पताल स्याङजा ल्याइएको थियो ।
अस्पतालले थप उपचारका लागि पोखरा रिफर गरेको अस्पतालका सुपरिटेन्डेन्ट डा. रमेश आचार्य बताउनुभयो ।
पुतलीबजार नगरपालिका १० का २६ बर्षिया एक युवतीको बुधवार बिहान निधन भएको हो । कोभिडका लक्ष्यण देखिएको तर, पिसिआर परिक्षण नभएको नगर स्वास्थ्य प्रमुख बिष्णुप्रसाद काफलेले जानकारी दिनुभयो ।
कोरोनाको बढ्दो संक्रमण र त्रासका कारण ति युवतीका आफन्तले शव उठाएका छैनन् । मृत्युपछि ती युवतीको स्वाब परिक्षणका लागि पठाइएको छ ।
उपचारका लागि पोखरा लैजादै गर्दा उनको बाटोमै निधन भएपछि फर्काएर ल्याइएको मृत शरीर अहिले अस्पतालमा राखिएको छ ।
मृतकको शव ब्यवस्थापनका बारे पुतलीबजार नगरपालिकाका प्रमुख सीमा क्षेत्रीसंग समन्वय भईरहेको १० का सदस्य सुरजकुमार अधिकारीले जानकारी गराउहु भएको छ।
प्रतिक्रिया दिनुहोस्