१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कर्णाली प्रदेशमा तीन मन्त्री थपिए, दुईको राजीनामा


0
Shares

सुर्खेत, बैशाख २९ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री परिषद् फेरबदल गर्नुभएको छ ।

उहाँले गत माघमा नियुक्त भएका मन्त्रीद्वय विमला केसी र नरेश भण्डारीलाई हटाएर माओवादी केन्द्रका तीन जनालाई मन्त्रीमा नियुक्त गर्नुभएको हो ।

नयाँ मन्त्रीमा नियुक्त हुनेमा सुर्खेतका विन्दमान विष्ट र सीता नेपाली तथा रुकुम पश्चिमका गोपाल शर्मा रहनु भएको छ ।

विष्टलाई आन्तरिक मामिला तथा योजना मन्त्रालय, नेपालीलाई भौतिक विकास मन्त्रालय फुटाएर जलश्रोत मन्त्रालय र शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिएको छ ।

आर्थिका मामिला तथा योजना मन्त्री केसी र आन्तरिक मामिला तथा कानून मन्त्री भण्डारीले आज राजिनामा दिनुभएको थियो ।